काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेका छ ।
बैंक संचालक समितिको कातिक १४ गते बसेको २३४ बैंठकले हाल कायम चुक्ता पूँजीको १६।१५ प्रतिशत अर्थात ४५ करोड ३ लाख रुपैयाँ बराबरको बोनस र बोनस शेयरको कर प्रयोजनको लागि ०।८५ प्रतिशतले हुन आउने २ करोड ३७ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी २ अर्ब ७८ करोड ८३ लाख ७६७ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार ४२७ रुपैयाँ पुग्नेछ ।प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।