काठमाडौं । यसअघि मृगौला प्रत्यारोपण गरिसकेका ६७ बर्षिय प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मृगौलामा समेत खराब भएको छ । यसअघि सिंगापुरमा गरिएको उपचार प्रभावकारी नभएपछि बुधबार र विहिबार दुई पटक डायलासिस गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्य बारेमा धेरै कोणबाट चासो र चिन्ता व्यक्त गरिदै आएको छ । सामाजिक सञ्जालमा अब आाराम गर्न दिनुपर्ने र राजनीतिक तथा देशको बोझ बोकाउन नहुने तर्कहरु समेत पोखिन थालेका छन् ।
प्रत्यारोपण गरिएको दोस्रो मृगौला समेत खरावी भएपछि अब अर्को पटक प्रत्यारोपण गर्ने वा डायलासिस गरिरहने भन्ने मोडमा आईपुगेको विभिन्न चिकित्सकहरुलाई उध्रित गर्दै सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
तर, बीबीसी नेपाली सेवामा २३ वर्षसम्म डायलासिस गरेर बाँचेका एक नेपालीको भिडियो सार्वजनिक भएसँगै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गम्भिर नरहेको बरु नियमित डायलासिस गरेर धेरै वर्ष बाँच्न सक्ने तथ्य उजागर भएको छ ।
काठमाडौंका राजु तुलाधर २०५७ सालदेखि नेपालमै नियमित डायलासिस गरेर स्वस्थ जीवन यापन गरिरहेका छन् । सातामा दुई पटक तालिका अनुसार आफूले डायलासिस गरेर नियमित काम गर्दै आएको तुलाधरले भिडियो सन्देशमा उल्लेख गरेका छन् । साथै उनले पैसा कमाएर छोरीलाई अष्टे«लिया पठाउन सफल भएको भिडियो बीबीसीले प्रशारण गरेको छ ।
तुलाधरले २३ वर्षदेखि सातामा दुई पटक डायलासिस गर्दै नियमित काम गर्दै आएका छन् भने प्रधानमन्त्री ओली पनि डालासिस गरेर नियमित काम गर्न सक्ने देखिएको छ । यद्यपि डायलासिस, दोस्रो पटकको प्रत्यारोपण र नियमित काम चिकित्सकको राय र सुझावमा हुने कुरा हो ।
मृगौला, कलेजो, मुटुलगायतका घातक रोगको महंगो उपचार खर्चको जोखिम बहनका लागि सबै जसो बीमा कम्पनीहरुले बीमा योजना सञ्चालन गरेका छन् । मृगौला रोगको उपचारमा सर्वसधारण जनताको पहुँच कठिन भएकाले क्यान्सर, कलेजो, मृगौला जस्ता घातक रोगको बीमा गराउने क्रम बढ्दो छ ।