काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २०७६ /७७ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गेको छ । संस्थाले यस अवधिसम्म आइपुग्दा अधिकांश सूचक मजबुत बनाउँदै आएको देखिन्छ ।
आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमाससम्म आइपुग्दा २ करोड १३ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वजर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा २६७.२१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५८ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुवित्तले आर्थिक वर्ष २०७६/ ७७ को पहिलो त्रैमासमा ५ करोडभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी १३५.१७ प्रतिशतल बढी हो ।
त्यस्तै, सञ्चालन नाफामा पनि लघुवित्तले आकर्षक बृद्धि गरेको छ । आर्थिक वर्ष २०७६ ७७ को पहिलो त्रैमाससम्ममा आइपुग्दा लघुवित्तले ३ करोडभन्दा बढी सञ्चालन नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको सञ्चालन नाफा ३६१.७२ प्रतिशतले बृद्धि गरेको हो ।
लघुवित्तको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ९६ पैसाले बढेर ६६ रुपैयाँ ३७ पैसामा आइपुगेको छ । प्रतिसेयर नेटवर्थ एक सय ९० रुपैयाँ ३१ पैसा छ ।