काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक १३ गतेबाट हकप्रद सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्ने भएको छ । कम्पनीले आफ्नो हकभन्दा बढी सेयर माग गरी आवेदन दिएका सेयरधनीलाई इन्टर बैंक पेमेन्ट सिस्टम ९आइपीएस० मार्फत बैंक खातामा रकम फिर्ता दिने जनाएको छ ।
सूर्याले भदौ ८ गतेदेखि असोज १२ गतेसम्म ८८ लाख ७४ हजार ९६ कित्ता ९७०५० हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीको हकप्रद कात्तिक ६ गते (बुधबार) बाडफाँड गरेको हो ।