काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको दाङ शाखाले बैदेशिक रोजगारीमा गएका एक व्यक्तिको परिवारलाई १३ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडा निवासी बिमल परियारको बैदेशिक रोजगारीमा जाँदा म्यादी बीमा गरेका थिए । बैदेशिक रोजगारीको क्रममा विदेशबाट छुट्टीमा नेपाल आएका बखत मृत्यु भएको थियो ।बुधबार एक कार्यक्रमका बीच निजको हकवालाहरुलाई १३ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । बीमा रकममाथि मृतकको हकवाला आमाबुवाको अगल अलग दावी परेपछि आमा आशा दमाई तथा बुवा अम्मरराज दमाईलाई साढे छ लाख–साढे छ लाख रुपैयाँ कम्पनीले हस्तान्तरण गरेको हो । २०७५ जेठ ३ गते बीमा गरेका परियार बैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका थिए ।
नेशनल लाईफद्वारा १३ लाख मृत्यु दावी भुक्तानी
![](https://insurancekhabar.com/wp-content/uploads/2019/10/national-life-claim.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)