काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको १५० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको छ । समायोजनपछि बिहीबार एनएमबिको सेयर कारोबार ५०२ रुपैयाँलाई आधार मानेर खुलेको छ ।
कम्पनीले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बिहीबार (कात्तिक ७ गते) देखि बुक क्लोज गरेको छ । यसर्थ, बुधबार (कात्तिक ६ गते) सम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् ।
यस लघुवित्तले कात्तिक २४ गतेदेखि १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ ।