Connect IPS
IME Life

ग्लोबल आइएमई लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले असोज २८ गतेबाट सर्वसाधरण समूहको ५६ हजार ५६१ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । सोमबार कम्पनीको प्रतिकित्ता ७ सय ३ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest

कम्पनीले यसअघि साउन २१ गतेदेखि भदौ २३ गतेसम्म ११ लाख ४ हजार ५७५ कित्ता (१०० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ५६ हजार ५६१ कित्तामा आवेदन पर्न सकेको थिएन ।

नबिकेको हकप्रद सेयर अब लिलामीमा प्रक्रियामा ल्याएको हो । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणघाट शाखाबाट पनि आवेदन दिन सकिनेछ । ग्लोबलकै पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS