काठमाडौं । सनराइज बैंकले ऋणपत्र निष्काशनको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ ।
यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ८ वर्ष अवधिको ‘१०.२५ प्रतिशत सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।