IME Life
GBIME

रिलायन्स लाइफद्धारा पाँच लाख मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA new
NLIC

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्सले मृतकको परिवारलाई बीमा दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले तारकेश्वर गाउँपालिका ५ का मृतक बीमित गोमा वस्तीको श्रीमान युवराज वस्तीलाई मृत्यु दावी भुक्तानी गरेको हो ।

कम्पनीले मृतकको परिवारलाई पाँच लाख रुपैयाँ हस्तान्रण गरेको जनाएको छ । उक्त रकम रिलायन्स लाइफ इन्स्योरेन्स नुवाकोट शाखाका प्रमुख ध्रुव प्रसाद पुडासैनी, मार्केटिङ अफिसर सुरेश डंगोल र एजेन्सी म्यानेजर गोविन्द प्रसाद भट्टले संयुक्त रुपमा हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

Crest

गोमाले २०७५ पौष ३० गते आफ्नो बच्चाको नाममा मेरो मुटु नामक बाल बीमा योजना खरिद गरेकी थिईन् । बीमा गरेपछि संरक्षक आमाको मृत्यु भएपछि आश्रित परिवारलाई बीमा दावी रकम भुक्तानी गरेको हो । कम्पनीले बीमा अवधि समाप्तसम्म वार्षिक किस्ता रकम मिनाहा, बीमाङ्क रकमको १ प्रतिशत (मासिक) ५ हजार रुपैयाँ बच्चाको शिक्षाको लागि उपलब्ध गराउने भएको छ । त्यस्तै, बीमा अवधि समाप्त भए पश्चात कम्पनीले ५ लाख साथै बोनस समेत उपलब्ध गराउने जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS