काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ४ अंकले घटेर १,१३३ दशमलव ७१ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचकहरु घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह २३ अंकले घटेका छ ।
दिभरिमा १ सय २८ कम्पनीको ४ लाख २१ हजार ४ सय ७४ कित्ता शेयर ११ करोड ३३ लाख ५९ हजार ९ सय ५६ रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै प्रभु बैंकको १ करोडमाथिको कारोबार भएको छ । एभरेष्ट बैंकको ७० लामाथिको कारोबार भएको छ । नेपाल बैंकको ५४ लाख ५१ हजार रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ४९ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । एनआइसी एशियाको ४८ लाख रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै नविल प्रगति फण्डका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै रिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।