काठमाडौं । ५० वटै ब्रोकर कम्पनीले सदस्यता नविकरण गरेका छन् । धितोपत्रको दोस्रो बजार मार्फत सेयर कारोेबार गर्न सदस्यता लिएका ५० वटै धितोपत्र सदस्य दलाल व्यवसायी ब्रोकर कम्पनीले सदस्यता नविकरण गरेको नेप्सेले जनाएको छ ।
५० वटै कम्पनीहरुले चालु आर्थिक वर्ष २०७६/७७ का लागि सदस्यता नविकरण गरेका हुन् ।
कम्पनीले असोज मसान्तभित्रै सेयर कारोबारको लागि सदस्यता नविकरण गरेको नेप्सेले जानकारी दिएको छ ।