Prabhu Life Ad Final

सिभिल बैंकको नयाँ शाखा विराटनगरको पुष्पलालचोकमा

काठमाडौं । सिभिल बैंक विराटनगर–१, पुष्पलालचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरेका हुन् ।

शाखा उद्घाटन समारोहमा बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनीतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

NLIC

कार्यक्रममा पराजुलीले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधि वृद्धिमा सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने बताए ।

यस्तै, सिभिल बैंकका प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीले महिला जागृति तथा वृद्घ आश्रमलाई २५ हजार रुपैयाँको चेक पनि हस्तान्तरण गरेको थियो ।

हालसम्म बैंकले एक सय शाखा कार्यालय तथा ६५ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App