काठमाडौं । सिद्धार्थ क्यापिटलको २१.०५२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न कात्तिक १ गते (आज) साधारण सभा बस्दैछ ।
सभा सिद्धार्थ क्यापिटल, नक्साल काठमाडौंमा हुने भएको छ । क्यापिटलले गत वर्षको नाफाबाट ४ करोड २१ लाख ५ हजार २६४ रुपैयाँ नगद वितरण गर्न लागेको हो ।
यसैगरी, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतमा पनि छलफल गर्ने कम्पनीले जनाएको छ । सिद्धार्थले लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि छलफल गर्नेछ ।