IME Life

५० बर्षिय सुक बहादुरको बन्चरो बितण्डा, एकको मृत्यु दुई घाइते

SPIL
NIC ASIA new
Sanima Reliance

कामाठडौं । छिमेकीको झगडामा मकवानपुरस्थित बकैया गाउँपालिका–३ जलजलेमा एक ५० बर्षिय व्यक्तिले बन्चरो तथा खुकुरीले प्रयोग गरी बितण्डा मच्चाएका छन् । जीवनभर गरिबी र अभाव बाँचेका इमान्दार सुकबहादुरले बन्चरो बितण्डा किन मच्चाउनु पर्यो भन्ने एकिन कारण त प्रहरीले अनुसन्धानपछि मात्रै खुल्ला तर प्रारम्भिक अनुन्धानमा हुर्केको छोरी भएको तथ्य खुलेको छ ।

बुधबार राति मकवानपुरस्थित हेटौडा–धरान चतरा राजमार्गमा पर्ने हात्तिसुँडे नजिकैको जलजले गाउँमा साँझ परेसँगै स्थानीयबासीहरु खाना खाएर आरा गर्ने तरखरमा थिए । जलजले गाउँको भित्तामा गरिबी र अभावसँग पौठेजोरी खेल्दै आएका स्थानीय सुकबहादुर पाख्रिन भने छिमेकसँगको झगडाका कारण उत्तेजित बन्दै थिए ।

Prabhu
Crest

साँझ सात बजेतिर विगतमा समेत पटक पटक सामान्य झगडा पर्दै आएकोमा बुधबार भने फरक घटना हुन पुग्यो । आक्रोशमा रहेको सुक बहादुर आफ्नै छिमेकी कुल बहाुदर लोको घरभित्र छिरे र निजकी श्रीमती सुकमाया लोको गर्दन, पाता र ढाडमा बन्चरोले हाने, त्यसलगत्तै कुल बहादुर लोमाथि निशाना बनाए । कूल बहादुर घर बाहिर निस्कदै गुहार माग्न थाले । उनको प्रहार रोकिएन । कुल बहादुर घाइते भए । लगत्तै छेक्न आईपुगेकी दिवीमाया लो पनि घाइते भइन् । चकमन्न हुँदै गएको गाउँमा कोलाहल मच्चियो । घर वरपर यत्रतत्र रगतको आहाल बग्यो । छिमेकी घिमिरे परिवारका एक सदस्यले भने, कोलाहल मच्चिरहेको थियो, हामी जाने अवस्था पनि रहेन । केही शान्त भएपछि पाख्रिन आफै बन्चरो बोकेर सडकतर्फ सोझिए ।’ घटनाबार थाहा पाएपछि हात्तिसुडेस्थित प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल पुग्दा पाख्रिन बन्चरोहित प्रहरीमा आत्मसमर्पण गर्न जाँदै थिए । तत्कालै घाइतेको उद्धार गरी हेटौडास्थित अस्पताल पुर्याइयो । अत्याधिक चोट र रक्तश्रावका कारण सुकमायाको मृत्यु भइसकेको थियो भने कूल बहादुर लो र दिवीमायाको हेटौडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।स्थानीयबासीले दिएको जानकारी अनुसार पाख्रिनकी छोरी ठुली हुँदै गएकी थिईन् । गरिबी र अभावका कारण आफ्नो घरमा टिभी समेत राख्न सकेका थिएनन् । छिमेकीमा सधैं टिभी हेर्न जाने गर्दथिन । सोही विषयमा पटक पटक झगडा पर्दै आएको थियो । जीवनको ५० वर्ष उमेर सोही गाउँमा बिताएका सुकबहादुर इमान्दार र सोझा भएपनि बन्चरो बितण्डा मच्चाउनु पर्ने कारण के पर्यो खुल्न बाँकी छ । प्रहरीले उनलाई हिराशतमा लिएर अनुसन्धान गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS