काठमाडौं । साताको पाचौे दिन नेप्सेमा हरीयाली छाएको छ । बिहिबार नेप्से ० दशमलव ७१ अंकले बढेर ११३७ दशमलव ७५ बिन्दूमा पुगेकोे छ ।
कुल १६० वटा कम्पनीको ९ लाख ९८ हजारभन्दा बढी कित्ता शेयर १८ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ होटल, विकास बैंक, उत्पादनमूलक क्षेत्र र अन्य क्षेत्र बाहेक सबै उपसूचकमा हरीयाली छाएको छ ।
प्रभु बैंकको शेयर कारोबार उच्च भएको छ । कम्पनीको यस दिन १ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।सानिमा इक्विटि फन्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य आठ प्रतिशतभन्दा बढीले बढेको छ ।
त्यस्तै माहुली लघुवित्तकालगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।