काठमाडौं । अब भिवोर क्यापिटल मुक्तिनाथ क्यापिटल भएको छ । मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटलको जारी पूँजीमा ५१ प्रतिशत शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको जनाएको छ ।
मुक्तिनाथ विकास बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनको लागि मुक्तिनाथ कृषि कम्पनी र पूँजीबजार ( मर्चेण्ट बैंकिङ्ग ) प्रवद्र्धनको लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरी सेवाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको छ ।
समावेशी वित्तीय सेवाको अलवा कृषि र पूँजीबजार क्षेत्रमा पनि उत्कृष्ठ सेवा प्रदान गर्ने बैंकले लक्ष्य लिएको छ ।
हाल बैंकले १२३ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।