काठमाडौं । अर्कै व्यक्तिको मृगौला झिकेर बिक्री गरेको आरोपमा ललितपुरस्थित निदान अस्पतालमा एक डाक्टर, अस्पतालका सञ्चालक तथा कानुनी सल्लाहकार लगायतका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त अस्पतालले एक व्यक्तिको नामम अर्कैको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीले अस्पताका प्रमुख कार्यकारी अधिकृत सहित पाँचजनालाई प्रहरीले प्रकाउ गरेको हो ।
बुधबार अपरान्ह प्रहरीले अस्पतालका सीईओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो । उनीहरुलाई मानव अंग बेचबिखनविरुद्धको अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।