IME Life

तिहार लक्षित गर्दै कार्तिक १ गतेबाट पुष्प व्यापार मेला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तिहारलाई लक्षित गर्दै पुष्प व्यवसायीहरुको छाता संघ फ्यानको आयोजनामा आगामी कात्तिक १ गतेबाट ललितपुरको जावलाखेलस्थित मैदानमा १३ औं पुष्प व्यापार मेला हुने भएको छ ।

फूलको व्यापार निकै हुने तिहारलाई लक्षित गर्दै फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले पुष्प व्यापार मेला आयोजना गर्न लागेको जनाएको छ । यसवर्षको मेलामा बाहिरा देशबाट माउबोटका रुपमा आयत गरी उत्पादन विस्तार गरिएको करिब १६ नयाँ प्रजातीको गोदावरी फूलसहित सिजनमा फुल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल राखिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनीको उद्देश्य पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायीहरुबीच प्रतिस्पर्धा गराइ गुणस्तरीय उत्पादनमा टेवा पुराउनु रहेको संघले जनाएको छ ।

मेला ४ दिनसम्म चल्ने फ्यानका अध्यक्ष कुमार कसजुले जानकारी दिए । मेलामा ४४ वटा फूलको व्यवसायिक कारोबार गर्ने स्टल, ४ वटा सूचनामुलक र एउटा प्रतियोगितात्मक गरी ४९ वटा स्टल रहनेछन् ।मेलालाई शुक्रवार अर्थात् कार्तिक १ गते कृषिमन्त्री चक्रपाणी खनालले उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS