Connect IPS
IME Life

हृदयघातबाट निधन भएका गुरुङको परिवारलाई प्राईम लाईफद्वारा साढे सात लाख मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance
पोखरा । हृदयघातबाट मृत्यु भएका पोखराका एक व्यक्तिका परिवारका सदस्यलाई प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दावी भुक्तानी बापत सात लाख ५६ हजार रुपैया प्रदान गरेको छ । गत सोमबार पोखरा शाखा कार्यालय प्रमुख बिश्वराज पौडेलले मृतक प्रकाश गुरुङका हकवाला वुवा बुद्वि बहादुर गुरुङलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
२०६७ सालमा ५ लाखको बीमा गरेका २९ बर्षिय कास्की सिल्दुजुरे–०६ कास्की का प्रकाश गुरुङको ३४ बर्षकै उमेरमा ह्दयघतबाट गत बैशाख ९ गते मृत्यु भएको थियो । बीमालेखको शर्त अनुसार बीमालेखमा उल्लेखित ईच्छाएको ब्यक्ति मृतकका बुवालाई  दावी रकम भुक्तान गरिएको शाखा प्रबन्धक पौडेलले इन्स्योरेन्स खवरलाई बताए । शाखा प्रमुख पौडेलले बीमाले सुख दुःख मा साथ दिने हुनाले जीवन बीमाबारेमा अझै सर्वसधारणमा भ्रम रहेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले स्वस्थ रुपमा जनताको बीचमा पुगेर बीमा चेतना जगाउनुपर्ने औल्याए । कार्यक्रममा पोखरा शाखाका अप्रेशन इन्चार्ज निर्मल प्रसाद आर्चायले सञ्चालन गरेको कार्यक्रममा एजेन्सी मेनेजर सजिंव श्रेष्ठ, सन्तोष बास्तोललगायतले बीमाको महत्व माथि प्रकाश पारेका थिए ।

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS