Connect IPS
IME Life

सानिमा बैंकको साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा बैंकको साधारण सभा आज हुने भएको छ । साधारण सभा नक्साल ब्यांकेट, नाराणचौर, काठमाडौंमा बुधबार ११ बजेबाट सुरु हुने बैंकले जनाएको छ । सभामा बैंकले २१ दशमलव ०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

बैंकले गत वर्षको नाफाबाट ११ दशमलव ०५२ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि बैंकले असोज १३ गतेदेखि आजसम्म बुक क्लोज गरेको छ । असोज १२ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

Prabhu
Crest

सभामा २०७५/७६ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाबकिताब प्रतिवेदनमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । आगामी वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने एजेन्डा पनि छ ।

कुनै उपयुक्त बैंक वा वित्तीय संस्थामा मर्जर वा एक्विजिसनमा जानु परेमा आवश्यक सम्झौता गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ छ । बोनस वितरणपछि पुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS