काठमाडौं ।कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंक विच एनपिआरमा प्रिपेड कार्ड जारी गर्नका निमित्त मंगलबार सम्झौता भएको छ ।
उक्त सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि गरांगाईले हस्ताक्षर गरे ।सम्झौता पश्चात कृषि विकास बैंक मार्फत राष्ट्रिय सहकारी बैंक लि.(एनसिविएल) संग आवद्ध सम्पूर्ण सदस्यहरुलाई प्रिपेड कार्ड उपलव्ध गराइनेछ ।
यसले ग्रामिण क्षेत्रका दुरदराजमा रहेका सहकारी सदस्यहरुलाई आधुनिक बैंकिङ्गका अत्याधुनिक सेवाबाट लाभान्वित हुने अवसर मिल्ने कम्पनीले जनाएको छ ।