काठमाडौं । साताको तोस्रोे दिन नेप्सेमा हरीयाली छाएको छ । मंगलबार नेप्से ५ दशमलव ०८ अंकले बढेर ११४२ दशमलव ०४ बिन्दूमा पुगेकोे छ ।
कुल १५१ वटा कम्पनीको सात लाख ६५ हजारभन्दा बढी कित्ता शेयर २२ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । कारोबारमा भएका समूहहरुमा हरीयाली छाएको छ ।
सिदार्थ बैंकको शेयर कारोबार उच्च भएको छ । कम्पनीले यस दिन ४ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।आरएमडिसी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य छ प्रतिशतभन्दा बढीले बढेको छ ।
त्यस्तै सिटि एक्सप्रेस फाइनान्सका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।