काठमाडौं । नेपाल स्टक एक्सचेन्जले ओरियन्टल होटल्सको ५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन गरेको छ । समायोजनपछि मंगलबार यसको सेयर कारोबार प्रतिकित्ता ४५३.३३ रुपैयाँलाई आधार मानेर खुलेको छ ।
ओरियन्टलले बोनस सेयर वितरण गर्न मंगलबार (असोज २८ गते) देखि कात्तिक ७ गतेसम्म बुक क्लोज गरेको हो । तसर्थ, सोमबार (असोज २७ गते) सम्म कायम सेयरधनीले मात्र यस प्रस्तावित लाभांश पाउनेछन् ।
ओरियन्टलले सभामा ५ प्रतिशत बोनस सेयर र १०.७९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश गर्दैछ । होटलले कार्तिक ७ गते लाभांश वितरण गर्न बाइसौं वार्षिक साधारणसभा आब्हान गरेको छ । कम्पनीले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा विहान ११ बजे साधारणसभा बोलाएको छ ।
१ अर्ब ७ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलको ५ प्रतिशत बोनस पश्चात १ अर्ब १२ करोड ८० लाख रुपैयाँ पूँजी पुग्नेछ ।