IME Life

मन्त्रिमण्डल पुनर्गठनबारे छलफल, को–को मन्त्री फेरिदैछन् ? के हो बास्ताविकता ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फर्केको भोलिपल्ट सोमबार दिनभरजसो केपी ओली नेतृत्वको दुई तिहाई सरकारको मन्त्रिमण्डल पुनर्गठन हुने हल्ला दिनभर जसो नै चल्यो । यथार्थ पत्ता लगाउत पत्रकारदेखि विभिन्न एजेन्सीहरुले व्यापक दौडधुप गर्दा पनि केही तथ्य फेला पार्न सकेका छैनन् ।

केही अनलाईन सञ्चार माध्यमहरुले प्रभावकारी नतिजा दिन नसकेका मन्त्रीहरु परिवर्तन गर्ने र त्यसमा पनि प्रधानमन्त्री ओलीलाई उध्रित गर्दै प्रकाशित समाचारमा सञ्चार मन्त्री गोकूल बाँस्कोटा र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली बाहेकका सबै मन्त्री फेर्न प्रधानमन्त्री ओली तयार रहेको सूचना दिनभर प्रवाह भइरहेको थियो । सोमबार विहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच भएको भेटवार्तामा मन्त्रीहरु परिवर्तन गर्ने विषयमा कुराकानी भएको सुत्रको दावी छ । तर, कुन कुन मन्त्री हट्ने हुन् र कुन कुन व्यक्ति नयाँ मन्त्री बन्ने हुन भन्ने अझै एकिन नभएको समाचारमा जनाइएको छ ।

Prabhu
Crest

विभिन्न अनलाईनहरुमा प्रकाशित समाचार अनुसार महेश बस्नेत पुनः मन्त्री बन्ने पक्कापक्की रहेको दावी गरिएको छ । सोमबार दिनभर जसो भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, लालबाबु पण्डित, चक्रपाणी खनाल, बीना मगरलगायतका मन्त्रीहरुलाई परिवर्तन गर्ने हल्ला चलेको थियो ।

प्रचण्ड निकट सूत्रका अनुसार जनताले सुविधा पाउने गरी काम गरी नतिजा दिन नसक्ने मन्त्रीहरु परिवर्तन गर्ने सम्बन्धमा छलफल भएको जनाएको छ । तर तत्कालै मन्त्री परिवर्तन गर्ने नभई तिहार र छठ सकिएपछि परिवर्तन हुनसक्ने सूत्रको दावी छ । विभिन्न सञ्चार माध्यमहरुमा आएजस्तो तत्कालै मन्त्रिमण्डल भने पुनर्गठन हुने छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली कार्तिकको पहिलो साता आफै देश बाहिर जाँदैछन् भने पर्सी बिद्यादेवी भण्डारी समेत म्यानमारतर्फ प्रस्थान गर्दैछिन् । तत्काल मन्त्रिमण्डल परिवर्तन भने हुनेछैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS