काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले बुधबार (असोज २९ गते) दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल हिमालय कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे सुरु हुनेछ ।
सभा होटल हिमालय कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे सुरु हुने कम्पनीले जनाएको छ ।
कम्पनीले आइपीओ जारी गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्नेछ । सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ ।
कम्पनीले अब ७५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ ।
त्यस्तै सभामा सञ्चालक समितिको रिक्त एक पदको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।