Connect IPS
IME Life

नेपाल पुनर्बीमा कम्पनीद्वारा सिईओको लागि आवेदन माग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको एक मात्र पुनर्बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्तीका लागि आवेदन माग गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले शुक्रबार एक सूचनामा योग्यता पुगेका व्यक्तिले २१ दिनभित्र आवेदन दिन भनिएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको सिईओ हुनका लागि व्यवस्थापन, अर्थशास्त्र, लेखा, चार्टर्ड एकाउन्टेन्सी, गणित लगायतका विषयमा स्नातकोत्तर हासिल गरी बीमा क्षेत्रमा भए कम्तीमा १२ वर्ष र बैंकिङ क्षेत्रमा भए अधिकृत द्धितीय स्तरमा कम्तीमा १५ वर्षको अनुभव भएका व्यक्ति सिईओ पदका लागि आवेदन दिन योग्य हुने कम्पनीले जनाएको छ । साथै कम्पनीले ६५ वर्ष पूरा नभएको व्यक्तिले आवेदन दिनसक्ने आफ्नो सूचनामा उल्लेख गरेको छ ।

Prabhu
Crest

आवश्यक कागजातका साथै पुनर्बीमा कम्पनीको सिईओ भएर कार्य गरे पश्चात कम्पनीलाई अगाडि बढाउने कार्ययोजना समेत पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । उक्त व्यवसायिक योजनाको मूल्यांकनमा कम्तीमा ६० प्रतिशत अंक प्राप्त गर्नेहरुमध्ये ५ जनालाई सर्टलिष्टिङ गरी योजनाको प्रस्तुतीकरण गर्न लगाउने र सो प्रस्तुतीकरणका आधारमा अन्तर्वार्ताका लागि छनौट गरिने प्रक्रियासमेत कम्पनीले तय गरेको छ ।

कूल अर्ब ४० करोड रुपैंया चुक्तापुँजी भएको नेपाल पुनर्बीमा कम्पनीले चुक्तापुँजि बृद्धिका लागि आईपिओ जारी गर्ने प्रक्रिया समेत अघि बढाईसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS