IME Life

काठमाडौं विमानस्थलमा अवतरण गर्न नपाउँदा नौ जहाज आकाशमै होल्ड, यस्तो छ अवस्था

SPIL
NIC ASIA new
Sanima Reliance

अपडेट 15:12
भिभिआईपी उडानको कारण बन्द रहेको विमानस्थल केहीबेरअघि खुलेको छ । हिमालय एयरलाइन्सको जहाज अवतरण गरेको छ । उता, मलेसियाबाट आएको मालिन्दो एयरको जहाज भने लखनऊतर्फ डाईभर्ट भएको छ । पार्किङ अभाव वा इन्धन नपुग्ने भएर डाईभर्ट भएको खुल्न सकेको छैन ।

……………………

Prabhu
Crest

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको कारण तीन घण्टाभन्दा लामो समयका लागि विमानस्थल बन्द गरिँदा समेत नेपाली आकाशमा हवाई ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त हुन सकेन । यो समाचार तयार गर्दासम्म काठमाडौंस्थित विमानस्थलबाट चिनियाँ राष्ट्रपति सी सवार जहाज उड्ने क्रममा रहेको छ भने नेपालको आकाशमाथि होल्ड हुने जहाजको संख्या नौ पुगेको छ ।

१२ः५० मा चिनियाँ राष्ट्रपति नेपालबाट उड्ने कार्यतालिका अनुसार २ः०० बजेपछि अवतरण गर्ने दिने गरी जहाजहरुलाई उडान तालिका बनाउन दिइएको थियो । सोही अनुसार अवतरण गर्न आएका जहाजहरुले राष्ट्रपतिको भ्रमणमा भएको ढिलाईका कारण अवतरण गर्न पाएका छ्रैनन् । साँघुरो पार्किङका कारण हाल होल्डमा रहेका सबै जहाजले एकै पटक काठमाडौंमा अवतरण गर्न पाउने हो वा होइन अहिले नै प्रष्ट भइसकेको छैन ।

विमानहरु आकाशमा होल्ड हुँदा जहाजको इन्जिनको आयु घटन्े तथा बीमा शुल्को भार बढ्ने हुन्छ । इन्धन खपतबापत लाग्ने खर्च त छदैछ । काठमाडौंस्थित विमानस्थलमा आउने जहाजहरुले सधैं होल्ड हुनुपर्ने समस्या भोग्दै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS