काठमाडौं । दुई दिने राजकीय भ्रमणमा शनिबार अपरान्ह काठमाडौं आईपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङ आज अपरान्ह स्वदेश फर्केका छन् । नेपाल भ्रमणको क्रममा २० वटा सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न गर्दै उच्चस्तरीय भेटघाट तथा वार्ता गरेर चिनियाँ राष्ट्रपति स्वदेश फर्केका हुन् ।
विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीको औपचारिक विदाई गरेकी हुन् । विमानस्थलमा विदाई गर्न राष्ट्रपति भण्डारीको अतिरिक्त उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष लगायतका विशिष्ट व्यक्तिहरु पुगेका थिए । चिनियाँ राष्ट्रपति जिनपिङ एयर चाईनाको विशेष विमान चढेर स्वदेश फर्केका हुन् । उनी करिब छ घण्टापछि बेईजिङमा अवतरण गर्नेछन् ।