काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारीमाथि बलात्कार गरेको अभियोगमा निवर्तमान सभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन् । दशैंको दिन समेत नभनी महनगरीय प्रहरी परिसर काठमाडौंको प्रहरीको टोली प्रधानमन्त्री निवासको दक्षिण पश्चिमतर्फ रहेको सभामुखको सरकारी निवासमा पुगेको थियो । सोही सरकारी निवासबाट महरालाई पक्राउ गरेको हो ।संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको अभियोग गत शुक्रबार प्रहरीमा दर्ता भएको थियो । अघिल्लो साताको आइतबार साँझ काठमाडौंको तीनकुनेस्थित रोशनीको निवासमा पुगेर दुव्र्यवहार गरेको आरोप रोशनीले लगाएकी थिईन् । तर उजुरी नगरी बसेका कारण हाईप्रोफाईल काण्डमा प्रहरी अलमलमा थियो । शुक्रबार उजुरी परेपछि आइतबार दशै मनाइरहेका महरालाई प्रहरीले पक्राउ गरेको हो । निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ । प्रहरीले त्यहाँ अनुसन्धान गर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।