काठमाडौं । नेपालहिरुको महान चार्ड वडा दशैमा पनि बैंकहरुले बैंकिङ सेवा प्रदान गर्ने भएका छन् । अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले दशैको बिदामा पनि बैंकिङ सेवा प्रदान गर्ने भएका हुन् ।
त्यस्तै, कामना सेवा विकास बैंकले पनि दशै बिदामा पनि बैंकिङ सेवा दिने भएको छ । कामना सेवा विकास बैंकले आफ्ना २२ वटा शाखाबाट बैंकिङ सेवा दिने जनाएको छ ।
असोज १८, १९ ,२० र २२ गते आफ्ना केहि शाखाहरुले सेवा दिने बैंकले जनाएको छ । बैंकले तोकेका शाखाहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने समेत बैंकले जनाएको छ ।
दशै बिदमा बैंकले शाखा खोले पनि नगद कारोबार मात्र हुनेछ ।