काठमाडौं । वडा दशैंमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू संचालन हुने भएको छ ।
वडा दशैंको अवसरमा बिदा हुने दिनहरू असोज १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैंकका २२ वटा शाखा कार्यालयहरू बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला रहने जनाइएको छ । जसमध्ये दुई शाखाहरु विजया दशमीको दिन पनि खुला गरिने छन् ।
काठमाडौं उपत्यका भित्रका शाखा कार्यालयहरु बानेश्वर, भोटाहिटी, महाराजगन्ज, कलंकी, ललितपुर, र त्रि.अ.विमानस्थल खुल्ला रहने छन् ।
त्यस्तै काठमाडौं उपत्यका बाहिरका शाखा कार्यालयहरु विर्तामोड, दमक, इटहरी, बिराटनगर, जनकपुर, वीरगन्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर खुल्ला रहनेछन् ।शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल विजया दशमीको दिन (आश्विन २१ गते) पनि खुल्ला रहने बैंकले जनाएको छ ।