काठमाडौं । शिवम् सिमेन्टसले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज १३ गते सोमबार बसेको बैठकले चुक्ता पूँजीको १५।७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको वार्षिक साधारण सभा कात्तिक ८ गते हुने भएको छ । सभाबाट लाभांश पारित गरेपछि वितरण सुरु हुने कम्पनीले जनाएको छ । सभाका लागि कम्पनीले असोज २९ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले असोज २८ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।
सञ्चालक समितिको निर्णय अनुसार शिवम सिमेन्टसले आर्थिक वर्ष २०७५।०७६ को मुनाफा रकम मध्येबाट चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको १५।७८९५ प्रतिशत अर्थात् ६९ करोड ४७ लाख रुपैयाँ ९कर सहित० नगद लाभांश वितरण गर्नेछ ।