काठमाडौं । कामना सेवा विकास बैंंक र कुश्मा नगरपालिका ६ पर्वतमा रहेको शान्ति दिप हस्पिटलविच यमओयु सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फवाट गण्डकी प्रदेश प्रमुख टुबराज वास्तोला तथा हस्पिटलको तर्फवाट हस्पिटलका अध्यक्ष डा. उमेश कुमार मण्डलले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले सम्पुर्ण सेवामा १० तथा औषधिमा ५ प्रतिसत सम्म छुट पाउने ब्यवस्था रहेको छ ।
बैंकको कुश्मा शाखाको सभाहलमा सम्पन्न कार्यक्रमको संचालन शाखाका सम्वन्ध प्रबन्धक किसोर तिमील्सीना तथा स्वागत शाखा प्रबन्धक टंकनाथ लामिछानेले गरेका थिए । बैंकले धौलागीरी क्षेत्रका अन्य अस्पताल सँग समेत सहकार्य गर्दै सेवाग्राहीलाई सेवा दिने तयारीमा रहेको प्रबन्धक लामिछानेले बताए ।
बैंक तथा हस्पिटल संगको सहकार्य बाट दुवै पक्षलाई फाईदा पुग्नेहुदाँ सहकार्य दिगो रहने बैंकका गण्डकी प्रदेश प्रखुख टुवराज बास्तोलाले बताए ।
हालसम्म बैंकले देशभर ९९ शाखा संजाल तथा ४५ एटिएम काउन्टर वाट सेवा प्रदान गर्दै आएको र यस आर्थिक वर्षमा २५ शाखा थप गर्ने लक्ष्य रहेको वास्तोलाले जानकारी दिए ।