काठमाडौं । सानिमा बैैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको छ । मूल्य समायोजनपछि सोमबार यसको सेयर प्रतिकित्ता ३१५ रुपैयाँलाई आधार मानेर कारोबार खुलेको छ ।
बैंकले गत वर्षको नाफाबाट ११ दशमलव ०५२ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी कुल २१ दशमलव ०५२ प्रतिशत लाभांश दिन लागेको हो ।
बैंकले ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । बोनसमा लाग्ने कर सहित ८८ करोड ४३ लाख ४६ हजार ७५८ रुपैयाँ नगद लाभांश पनि बाँड्नेछ ।
बैंकले असोज २९ गते हुने साधारण सभा प्रयोजनका लागि असोज १३ गते बुक क्लोज गरेको हो । आइतबार सम्म कायम सेयरधनीले २१ दशमलव ०५२ प्रतिशत लाभांश सुरक्षित गरेका छन् ।