काठमाडौं । गुराँस लाइफ इन्स्यारेन्स कम्पनीले १०० प्रतिशत हकप्रद सेयरको रेटिङ सम्पन्न गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औषत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ प्रदान गरेको छ ।
कम्पनीले १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डले अनुमति दिए लगत्तै बिक्री प्रक्रिया सुरु कम्पनीले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ९२ करोड ९४ लाख ६२ हजार ९०० रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी १ अर्ब ८६ करोड ७९ लाख ८२ हजार ९०० रुपैयाँ पुग्नेछ ।
कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २२ पैसा रहेको गुरासको प्रतिसेयर नेटवर्थ भने १३३ रुपैयाँ ९२ पैसा छ ।