काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शुक्रवार सम्पन्न तेह्रौ वार्षिक साधारण सभाले गत आर्थिक बर्षको प्रस्तावित लाभांश पारित गरेको छ ।
साथै उक्त सभाले नयाँ संचालक समिति पनि चयन गरेको छ । साधारणसभाले संस्थापक समूहबाट अध्यक्ष राजनसिंह भण्डारी, प्रवलजंग पाण्डे र सजन शर्मालाई सञ्चालक समिति सदस्यमा निर्विरोध चयन गरेको छ । यसैगरी, सर्वसाधारण सेयरधनीबाट सीता कार्की (के.सी)लाई निर्विरोध चयन गरेको हो ।
सभाले आर्थिक वर्ष २०७५।७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुन आउने एक अर्ब ४५ लाख २७ हजार नगद लाभांश र ३ प्रतिशतले हुने २५ करोड ११ लाख ३१ हजार रकम बराबरको बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले आर्थिक बर्ष २०७५र७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०७६ आषाढ मसान्तको वासलात लगायतका एकीकृत वित्तीय विवरणहरू स्वीकृत गरेको छ ।