काठमाडौं । स्याकार ट्रेडिङ्ग कम्पनीले तीन दिनका लागि आफ्नो होण्डा ड्रिम एक्स्चेन्ज योजना ल्याएको छ । मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालका लागि होण्डा ड्रिम एक्स्चेन्ज योजना ल्याएको हो ।
कम्पनीले असोज ९, १० र ११ गते, होण्डा कार शोरुम, रिङ्गरोड धोबीघाटमा हुने यस एक्सेन्ज योजनामा सर्वसाधारणहरुले आफ्नो कुनै पनि पुरानो कारसँग नयाँ होण्डा कार एक्स्चेन्ज गर्न सकिने जनाएको छ ।
कम्पनीले तोकेको तीन दिनको एक्स्चेन्जमा होण्डाका ग्राहकहरुले विभिन्न सुविधाका साथै आकर्षक एक्स्चेन्ज बोनस समेत प्राप्त गर्न सक्नेछन् ।
साथै, यस योजना अन्तर्गत ग्राहकहरुले होण्डाको दशैं योजना अन्तर्गतका उपहार तथा सुविधाहरुका साथै ९ दशमलव ५ प्रतिशतको ब्याजदरमा ७० प्रतिशतसम्मको फाइन्यानसिङ्ग सुविधा लगायत १ लाखसम्मको आकर्षक बोनस एक्स्चेन्ज तथा ५० हजारसम्मको आकर्षक लोयालिटी बोनस तथा टेष्ट ड्राइभमा आकर्षक उपहारहरु समेत प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।