बुटवल । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीले रुरु –१, गुल्मीका मृतक बीमित दिपक कुमार परियारको परिवारलाई एक लाख २७ हजार ३ सय रुपैयाँ भुक्तानी गरेको हो ।
कम्पनीले उक्त रकम निजको श्रीमती भिमी दमाईलाई प्रदान गरेको हो । एशियन लाइफ इन्स्योरेन्सका विजनेश म्यानेजर हरि भट्टराईले सो रकम प्रदान गरेका छन् । कार्यक्रममा बुटवल शाखाका मुख्य प्रबन्धक कृष्ण कुमार पुरीले जीवन बीमाको महत्वको बारेमा प्रकाश पारेका थिए ।