चितवन । मुक्तिनाथ विकास बैकले चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ५ स्थीत टरौली सामुदायिक पुस्तकालयलाई पुस्तकालय भवन निमार्णका लागि वित्तिय सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत तिस हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
उक्त चेक टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्ष सागर मिश्रलाई मुक्तिनाथ विकास बैक पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री र प्रदेश नं. ३ चितवनका सांसद कृष्ण प्रसाद खनालले संयुक्त रुपमा सो पुस्तकालयद्धारा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।
हालसम्म बैंकले देशैभरी रहेका १२० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, मोबाइल बैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गतका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।