काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंगलबार सम्पन्न विशेष साधारण सभाले बोनस सेयरको प्रस्ताव पारित गरेसँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब नाघेको छ ।
कम्पनीले विशेष साधारण सभा गरी सेयरधनीहरुमा १२ दशमलव ५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्तापुँजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ पुगेको हो । यस कम्पनीको पुँजी १ करोड ७५ हजार रुपैयाँ रहेको थियो।विशेष साधारणसभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको १ करोड १७ लाख ४२ हजार ३ सय ३६ रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ ।