Connect IPS
IME Life

समता लघुवित्तको हकप्रद असोज २६ गतेबाट खुल्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको २०० प्रतिशत हकप्रद सेयर असोज २६ गतेबाट खुल्ने भएको छ । लघुवित्तले हाल कायम चुक्ता पुँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँको आधारमा २०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले १०० सय रुपैयाँ अंकित दरका १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

Prabhu
Crest

असोज २६ गतेबाट विक्री खुला हुने उक्त हकप्रदमा ंसिर १ गतेसम्म आवेदन दिन सकिनेछ । समता लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले १ः२ अनुपातमा कुल १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

समताले हकप्रद सेयर निष्कासनका लागि असोज १ बुक क्लोज गरिसकेको छ । भदौ ३१ गते सम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद दाबी गर्न सक्नेछन् । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

रेटिङ एजेन्सी केयर नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । हकप्रदबाट जम्मा भएको रकम तरलता व्यवस्थापन, बैंक तथा वित्तीय संस्थामा मौज्दात राख्न एवं कर्जा लगानीमा प्रयोग गरिने कम्पनीको भनाई छ ।

एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार, काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, आदर्शनगर वीरगञ्ज, ट्राफिकचोक बुटवल र गोल्छाचोक विराटनगरबाट आवेदन दिन सकिनेछ ।

समता लघुवित्तको जीतपुर, सिमरा कार्यालयबाट पनि फारम पाइनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS