Connect IPS
IME Life

सनराइज फस्टको १० करोड इकाई म्युचुअल फन्ड असोज ८ गतेबाट खुल्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज क्यापिटलको आज बुधबार (असोज ८ गते) देखि ‘सनराइज फस्ट म्युचुअल फन्ड’ को १० करोड इकाई (युनिट) बिक्री खुला हुने भएको छ । फन्डले १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको जनाएको छ ।

असोज १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । असोज १२ गतेसम्ममा सबै इकाई बिक्री नभएमा कात्तिक ७ गतेसम्म आवेदन खुला रहने समेत क्यापीटलले जनाएको छ ।

Prabhu
Crest

सनराइज फस्र्ट म्युचुअल फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन पाइनेछ ।

फन्डको इकाईमा लगानीकर्ताले सनराइज बैंकको प्रधान कार्यालय गैह्रीधारा काठमाडौं तथा सनराइज क्यापिटल कमलपोखरी काठमाडौंबाट पनि आवेदन दिन सक्नेछन् ।

त्यस्तै, आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ । फन्डको व्यवस्थापक सनराइज क्यापिटल रहेको छ । सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो स्कीम हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS