काठमाडौँ । गैर आवासिय नेपाली संघ मलेसियाले मलेसियाको औद्योगिक क्षेत्र मानिने जोहोरबारुमा आफ्नो क्षेत्रिय सम्पर्क कार्यालय स्थापना गरेको छ । नेपाली नागरिक, नेपाली व्यवसायी तथा नेपालमा लागानी गर्न चाहाँने मलेसियनहरुको सहजताका लागि सो कार्यालय स्थापना गरिएको हो । एनआरएन मलेसियाको अध्यक्षमा हरि भट्टराई चयन भएपछि जोहोरबारुमा सो कार्यालय स्थापना गरिएको हो ।
नेपाली कामदार, नेपाली व्यवसायी साथै नेपालमा लगानी गर्न चाहने मलेसियनहरुको सहजतालाई लक्षित गर्दै जोहोरबारुमा संघको कार्यालय स्थापना गरिएको एनआरएन मलेसियाका अध्यक्ष भट्टराईले बताए ।
जोहोरबारु क्षेत्रमा सम्पर्क कार्यालय स्थापनाकै क्रममा संघका नवनिर्वाचित पदाधिकारीलाई जोहोरबारु क्षेत्रमा रहेका नेपाली तथा संघका क्षेत्रिय प्रतिनिधिहरुले सम्मानसमेत गरेका थिए । सो सम्पर्क कार्यालयबाट नेपाली कामदारहरुले विभिन्न सुविधा सहज रुपमा लिन सक्ने भएका छन् ।