काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आईतबार नेप्से १६ दशमलव ०५ अंकले घटेर ११३९ दशमलव २५ बिन्दूमा झरेको छ । कुल १६६ वटा कम्पनीको ८ लाख ४८ हजारभन्दा बढी कित्ता शेयर २२ करोड ६९ लाख रुपैयाँमा कारोबार भएको छ ।
अन्य समूहबाहेक सबै समूह ओरालो लागेको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर किनबेच भएको छ । यस कम्पनीको १ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको हो ।
वेष्ट फाइनान्सका लगानीकर्ताले धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे ४ प्रतिशतले बढेको छ । रिलायन्स फाइनान्स कम्पनीका लगानीकर्ताले भने धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य साढे ८ प्रतिशतले घटेको छ ।