Connect IPS
IME Life

सिर्जना फाइनान्सको ६० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिर्जना फाइनान्सको ६० प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज आइतबार (असोज ५ गते) सम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले ६० प्रतिशत हकप्रद जारी गर्न सोमबार (असोज ६ गते) बुक क्लोज गर्दैछ ।

फाइनान्सले असोज १७ गतेबाट प्रतिकित्ता १०० रुपैयाँका दरले १०ः६ अनुपातमा कुल २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ । यस हकप्रद सेयरमा कार्तिक २१ गतेसम्म आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ । सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंबाट यस हकप्रदमा आवेदन दिन सकिनेछ । सिर्जना फाइनान्सका सम्पूर्ण कार्यालयहरुबाट पनि फारम पाइनेछ ।

यस्तै, सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखाबाट पनि आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइने पनि कम्पनीले जनाएको छ । हकप्रद बिक्रीबाट प्राप्त हुने रकममध्ये तरलता कायम गर्न राष्ट्र बैंकमा कायम गरिने मौज्दात, लगानी र कर्जा प्रवाहमा खर्च हुनेछ ।

हाल सिर्जनाको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ७३ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS