काठमाडौं । आरम्भ माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७५ ७६ को लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले ८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले हाल कायम ६ करोड रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस दिने घोषणा गरेको हो ।
कम्पनीले ८ प्रतिशत बोनसमा लाग्ने कर तिर्न ०.४२ प्रतिशत नगद लाभांश पनि दिनेछ । लघुवित्तले कुल ४८ लाख रुपैयाँ बराबरको बोनस दिन लागेको हो ।
प्रस्तावित बोनस तथा नगद लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।