नेपालगञ्ज । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता अभिमुखीकण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपालगञ्ज शाखामा शनिबार सो कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीले ५० जना भन्दा बढी अभिकर्ताहरुको सहभागीतामा सो कार्यक्रम सम्पन्न गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्राईले जीवन बीमा क्षेत्रको इतिहास, नेपालमा जीवन बीमाको सम्भावना र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको भावी योजना, कम्पनीका रणनीती विषयवस्तुहरुलगायत अभिकर्ताहरुलाई उत्तप्रेरणत्मक प्रशिक्षण प्रदान गरे ।
कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले कम्पनीका सबै योजनाहरु र एजेन्सी सिस्टमका फाईदाका विषयमा प्रशिक्षण दिए । कम्पनीले ८ वटा बीमा योजनाहरु बजारमा ल्याएको छ ।