Connect IPS
IME Life

कञ्चन डेभलपमेन्ट बैंक ११ औं बर्षमा प्रवेश, समाजिक क्षेत्रमा सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंक ११ औं बर्षमा प्रवेश गरेको छ । स्थानीय स्तरमै लगानी गरिरेहको बैैंकले हाल पाँच जिल्लाका १७ स्थानमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गदै आएको छ ।

बार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न समाजिक क्षेत्रमा सहयोग गरेको छ । कञ्चन डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालयका कार्य संचालन विभाग प्रमुखका अनुसार रौटेला स्थित बृद्धआश्रममा साईकल स्टेन्ट निर्माणका लागि समितिलाई रकम तथा महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यान्न सहयोग गरेकोे छ ।

Prabhu
Crest

यस्तै महाकाली बाल अञ्चल अनाथालयमा सहयोग स्वरुप रकम सहयोग गर्नुका साथै रक्तदान लगायतका कार्यक्रम गरिएको छ । जेहेन्दार विद्यार्थीलाई छात्रबृति, उत्कृष्ठ कर्मचारीलाई पुरस्कार जस्ता कार्यहरु पनि कार्यक्रममा समावेश छन् ।

कञ्चन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैसीले बार्षिकोत्सवको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाल राष्ट्र बैंक, सम्पूर्ण शेयरधनी हरु, संचालक समितिका सदस्यहरु तथा समस्त शुभेच्छुकहरु प्रति बैंकलाई हालको अवस्था सम्म पु¥याउन योगदान गर्ने समस्त कर्मचारीलाई धन्यवाद दिएका छन् ।

हालसम्म यस बैंकको कञ्चनपुरको महेन्द्रनगर, बेलडाँडी, बेलौरी, गुलरिया, पुर्नवास, दैजी, भलारी, धनगढी, अत्तरिया, सुख्खड, बहुनिया, लम्की, टिकापुर, पहलवानपुर, डडेल्धुरा, बैतडी र डोटीमा मा शाखा विस्तार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS