काठमाडौ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ८० प्रतिशत लाभांश दिने भएको छ । लघुवित्तको बिहीबार बसेको सञ्चालक समितिको ९० औँ बैठकले हाल कायम रहेको चुक्ता पूँजीको ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
लघुवित्तले बोनस सेयरका लागि ११ करोड ३१ लाख ६२ हजार २५० रुपैयाँ खर्च गर्नेछ । त्यस्तै, नेशनलले ७५ लाख ४४ हजार १५० रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण गर्ने जनाएको छ ।
हाल नेशनल माइक्रोफाइनान्सको चुक्ता पुँजी १५ करोड ८ लाख ८३ हजार रुपैयाँ रहेको छ ।