काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रदेश नं १ को भोजपुर, पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । नयाँ खोलिएको विस्तारित काउन्टर गाउँपालिकाको वडा नं ३ स्थित सदरमुकाम च्याङ्ग्रेमा रहेको छ ।
नेपाल इनभेष्टमेन्ट बैंकको १५औं विस्तारित काउन्टर हो, जुन ग्रामीण क्षेत्रमा वित्तीय पहुँचमा सहयोग पु¥याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यले उद्घाटन गरिएको बैंकले जनाएको छ।
हालसम्म बैंकले ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।